आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर ४ मा फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न

गोकर्णेश्वर खबर२० चैत्र २०७७, शुक्रबार २०:५८ मा प्रकाशित (३ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं, चैत्र २० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय द्वार काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना अन्तरग निर्माण गर्न लागिएको गोकर्ण DEWATSतथा ढल संजालको लागि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४को सभाहलमा आयोजित उक्त सार्वजनिक सुनुवाइको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए। कार्यक्रममा आयोजना प्रमुख पिआइ डीका चन्द्र कुमार श्रेष्ठ, cms DSC6का सुरज सिग्देलपी आइ डीकि प्रमिला अधिकारी ,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बिष्णु सुनाम, वडा सदस्य बालकृष्ण श्रेष्ठ , वडा सचिब नवराज सेन लगायत जनप्रतिनिधि, कर्मचारी , स्थानीय संघ संस्थाका प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमतीको फोहोर  पानी प्रशोधनका लागि    पहिलो चरणमा सल्लाघारी र कोडकुमा एक/एकवटा तथा धोबीघाट र गुह्येश्वरीमा २/२ वटा प्रशोधन केन्द्र निर्माण भइरहेको जानकारी गराइएको थियो  । गुह्येश्वरीको पुरानो फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धिको काम अघि बढिरहेको  जानकारी गराइएको थियो   ।

‘दोस्रो चरणमा गोकर्ण, टुकुचा र भक्तपुरको हनुमानघाटमा समेत विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुने जानकारी गराउदै सो को लागि प्रस्तुति मार्फत जानकारी गराइएको थियो  । गोकर्णमा २० लाख लिटर क्षमताका प्रशोधन केन्द्र निर्माण गरिने जानकारी गराउदै केन्द्रमा अत्याधुनिक मेसिनबाट फोहोर पानी प्रशोधन गरेर खोलामा मिसाइने जानकारी गराइएको थियो । हनुमानघाट, गोकर्णमा आयोजना कार्यान्वयन निर्देशनालय र टुकुचामा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले प्रशोधन केन्द्र निर्माण गर्ने जानकारी गराइएको थियो ।प्रशोधन केन्द्र वातावरणमैत्री बनाउनका लागि वरपर बोटबिरुवा तथा फूल रोपिने पनि जानकारी गराइएको थियो  ।कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रशोधित पानी धार्मिक आस्थाको धरोहर महादेव मन्दिर भन्दा तल मात्र प्रशोधित पानी फाल्नुपर्ने सुझाब दिएका थिए भने आयोजना चाडो सम्पन्न हुनुपर्ने  र गुणस्तरीय   हुनुपर्नेमा जोड दिएका थिए ।कपन अनलाइन