आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्ण प्राथमिक अस्पतालमा बर्थिंङ सेवा शुरु

गोकर्णेश्वर खबर२० चैत्र २०७७, शुक्रबार २०:३७ मा प्रकाशित (२ साल अघि) ४९५ पाठक संख्या

काठमाडौं, चैत्र २० ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा र  बर्थिंङ सेन्टर सुरु गरे संगै चैत्र १८ र १९ गते गरि दुइ जना स्थानीय महिलाले  उक्त बर्थिङ सेन्टर बाट स्वस्थ शिशु जन्माएका छन।सुत्कोरी दुइ जना महिलालाई गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ,अस्पताल व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठ लगायतले   स्वास्थ्य संस्थामा सुत्केरी गराउदा पाउने यातायात खर्च बापत रु दुई हजारका  दरले नगद समेत हस्तान्तरण गरेका  छन्।

सबैको अथक प्रयासले प्राथमिक  अस्पतालमा  २४ सै घण्टा आकस्मिक सेवा र बर्थिङ सेन्टर संचालनमा आएको बताउदै अब सामान्य अवस्थाको बच्चा जन्माउन बाहिर जानु पर्ने बाध्यता हटेको बताए।

उनले सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यबाद दिदै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।विसं २०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाइ  २०७६ साल असारमा  गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको थियो ।२०७७ साल फागुन १६ गते देखि गोकर्ण प्राथमिक अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात गरेको हो ।