आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रद्वारा गोकर्णेश्वर २ मा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर सम्पन्न

गोकर्णेश्वर खबर१९ चैत्र २०७७, बिहीबार २२:३२ मा प्रकाशित (२ साल अघि) ९३० पाठक संख्या

काठमाडौँ, चैत्र १९ । नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम  संचालन गरेको छ ।नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं २ संगको सहकार्यमा कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी स्वास्थ्य चौकीमा गरिएको हो ।

आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीस्थित स्वास्थ्य केन्द्रमा बिहान १० बजे देखि शुरु भएको सो कार्यक्रम अपरान्ह ३ बजे सम्म चलेको कार्यक्रम संयोजक देविका राजोपाध्यायले बताए।

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रका अध्यक्ष रमेश ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिका वडा नं २ का कार्यवाहक वडा अध्यक्ष कृष्णहरि श्रेष्ठले गरेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का महिला सदस्य माया तामाङ, महिला वडा सदस्य  सरस्वति सुनुवार, स्वास्थ्थ केन्द्र  प्रमुख सावित्री श्रेष्ठ ,लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्वास्थ्यकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन रबिन्द्र ढुंगेलले गरेका थिए ।

कार्यक्रममा कार्यक्रम संयोजक देविका राजोपाध्यायले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन ।उनले नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले  गोकर्णेश्वर नगरपालिका वडा नं २ संगको सहकार्यमा कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिकहरुको निशुल्क  स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी समेत निशुल्क वितरण गरिने जानकारी गराइन ।उनले कोभिड १९ को कारण ज्येष्ठ नागरिकहरुलाई परेको  मानसिक असरलाइ  न्यूनीकरण गर्न मनोपरामर्श सेवा  समेत प्रदान गरिने जानकारी गराएकी थिइन ।उनले  मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र स्वस्थ  भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले आगामी दिनमा अन्य स्थानमा पनि घरदैलो स्वास्थ्य शिबिर संचालन गर्ने बताएकी थिइन।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ मा बसोबास गर्ने  ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुको साथै मौसमी कपडा समेत वितरण थियो ।उद्घाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं २ का कार्यवाहक वडा अध्यक्ष कृष्णहरि श्रेष्ठले  आयोजकलाइ धन्यबाद दिदै यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का महिला सदस्य माया तामाङ, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।उक्त शिबिर बाट करिब १५०जना  ज्येष्ठ नागरिकहरु लाभान्वित भएका थिए ।  सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिकहरुले  खुशी  ब्यक्त गरेका छन् ।- कपन अनलाइन