आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

गोकर्णेश्वरमा कोरोना लगायत घातक सरुवा रोग सम्बन्धमा जनचेतनामुलक ३ दिने बिशेष कार्यक्रम शुरु

गोकर्णेश्वर खबर१९ चैत्र २०७७, बिहीबार १४:५५ मा प्रकाशित (३ साल अघि) ४९७ पाठक संख्या

काठमाडौँ, चैत्र १९ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा अभिनव साहित्य समाजको आयोजनामा कोरोना लगायत घातक सरुवा रोग समबन्धमा जनचेतनामुलक नाटक /लाघुनाटक प्रदर्शनी र मनोरन्जनात्मक ३ दिने बिशेष कार्यक्रमको शुभारम्भ गरिएको छ। जोरपाटी स्थित तेज भवनको सभाहलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्षनारायण सुवेदी कलाकार श्रीकृष्ण सिम्खडा  अभिनव साहित्य समाजका पदाधिकारी सहित बिभिन्न बिध्यालयका शिक्षक बिद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता अभिनव साहित्य समाजका अध्यक्ष गोबिन्द घिमिरे बेदमणिले गरेका थिए भने कार्यक्रम संचालन कलाकार बिन्दा खतिवडाले गरेकी थिइन।

 कार्यक्रममा सन्देशमुलक  नाटक, लघुनाटक प्रदर्शन, कविता वाचन तथा कलाकार श्रीकृष्ण सिंखडाले व्यंग्य कविता वाचन गरेका थिए। ३ दिन सम्म बिभिन्न स्थानमा चल्ने  उक्त कार्यक्रमको सहआयोजकको रुपमा स्वर्ण शिक्षा माबी, ओख्रेनी माबी इष्टपोल माबी र ईष्टओल इन्टरनेसनल कलेज रहेका छन्। कार्यक्रमको समापन ईष्टपोल माबीमा हुनेछ ।

नाटकमा व्यक्तिगत सरसफाइ, मास्कको अनिवार्य प्रयोग तथा कोरोना रोग र रोकथामबारे सन्देश दिइएको थियो भनेकोरोना लगायत घातक सरुवा रोग लागेमा अपनाउनुपर्ने साबधानीको  सन्देश  समेत प्रवाह गरिएको थियो ।उक्त उद्दघाटन सत्रलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोषचालिसेले   पुन कोरोनाको लहर देखिन लागेकोमा साबधानी अपनाउन आग्रह गर्दै यस्ता कार्यक्रमले जनचेतना जगाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर  सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।