आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरियामा एक नेपाली कामदारको मृत्यु

गोकर्णेश्वर खबर१८ चैत्र २०७७, बुधबार २२:२३ मा प्रकाशित (३ साल अघि) ३९९ पाठक संख्या

काठमाडौं – दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ।

सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो।

प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए।

त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए। दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।