FLASH NEWS
आज: ७ बैशाख २०७८, मंगलवार | Tue, 20, Apr, 2021

विश्व हिन्दू महासंघको काठमाडौँ जिल्ला शाखा संयोजकमा रेखा अर्याल मनोनित

गोकर्णेश्वर खबर१८ चैत्र २०७७, बुधबार ०६:५४ मा प्रकाशित (२ हफ्ता अघि) १०४ पाठक संख्या

 

काठमाडौँ, चैत्र १८। गोकर्णेश्वर नगरपालिका धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल विश्व हिन्दू महासंघको काठमाडौँ जिल्ला शाखा संयोजकमा मनोनित भएकी छन्  ।

हिजो  काठमाडौंको सानो भर्याङ स्थित  महासंघको कार्यालयमा भएको एक कार्यक्रममा केन्द्रीय अध्यक्ष राम चन्द्र अधिकार सहित केन्द्रीय कार्यसमितिले अर्याललाई काठमाडौंको संगठन विस्तारको जिम्मा सहित संयोजकमा मनोनित गरेको हो ।संयोजक जस्तो पद पाएकोमा खुसी व्यक्त गर्दै अर्यालले महासंघमा आबद्ध हुँदै गर्दा अधिकार अनुरूप  आफ्नो  तर्फबाट संगठनलाई अगाडि बढाउन लागि पर्ने  बताएकी छिन ।

विश्व हिन्दू महासंघको ७१ वटा जिल्लामा शाखाहरू रहेको छन् जसमा पोखरा कास्की र काठमाडौँ गरी २ वटा जिल्लाले महिला संयोजक पाएको महासंघका अध्यक्ष राम चन्द्र अधिकारीले  जानकारी गराए  ।