आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ को नवौ महाधिवेशन भब्य रुपमा सम्पन्न

गोकर्णेश्वर खबर१७ चैत्र २०७७, मंगलवार २२:०२ मा प्रकाशित (२ साल अघि) ९४३ पाठक संख्या

काठमाडौं चैत्र १५। काठमाडौं: लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ को नवौ  महाधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको अधिवेशनको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतान रहेका थिए ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १   का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको  अध्यक्षतामा भएको कार्यक्रममा जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, एल सी आइ एफ मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन रमेश अग्रवाल,जी एस टि मल्टिपल कोर्डिनेटर एबम पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ  मल्टिपल डिस्ट्रिक  चियरपर्सन एबम  पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी,

डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन एबम पुर्व डिस्ट्रिक गभर्नर लायन लीला कुमार ढुंगेल अपरच्युनिटी फर युथ एक्सचेन्ज  मल्टिपल डिस्ट्रिक चियरपर्सन एबम पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तमराज कायस्थ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १का फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन  पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ पास्ट मल्टिपल काउन्सिल चियर पर्सन दिनेश पौडेल ,लायन विश्वराम गोर्खाली ,पिडिजी लायन भिम घिमिरे,क्याबिनेट  सदस्यहरु सहित लायन लिडर तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा लायन उमा थापाले झण्डाको अभिबादन बाचन गरे संगै एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो त्यसै गरि बिभिन्न कारणमा निधन भएका लायन्स लिडर तथा सदस्यहरुको सम्झनामा मैन बत्ति प्रज्वलन गरिएको थियो   कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १  का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतानले पानसमा दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरे सगै  लायन्सस्मारिका विमोचन गरिएको थियो ।कार्यक्रममा चिफ एरिया कोर्डिनेटर लायन राम शरण बस्नेतले   कन्भेन्सनको प्रतिज्ञा पत्र बाचन गरेका थिए  कार्यक्रम संचालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रमलाइ लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतान, जी ए ट एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, जी एस टि मल्टिपल कोर्डिनेटर एबम पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ  मल्टिपल डिस्ट्रिक  चियरपर्सन एबम  पुर्व डिस्ट्रिक गभर्नर लायन  कुमार राज सुवेदी पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन  पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ, लियो  लगायतले  शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२०२२ को नेतृत्व चयन गरिएको थियो। जसमा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन नरनाथ सापकोटा निर्बिरोध रुपमा चयन भएका छन।

उनले कुल ४सय मत मध्ये ४ वटा बदर भएका र ३९४ मत सहित सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा चयन भएका हुन् ।त्यसै गरि फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले कुल ४०३ मत मध्ये ८ वटा मत बदर भएका थिए  त्यस्तै तीन   वटा  नो भोट प्राप्त गरे भने ३९२ मत यस भोट प्राप्त गर्दै फर्स्ट डिस्ट्रिक गभर्नरमा चयन भएका छन ।

त्यसैगरि डिस्ट्रिक गभर्नरको लागि भएको निर्वाचनमा लायन रेवत बहादुर कार्कीले कुल ४०२ मत मध्ये  ५ मत बदर र २६ नो भोट प्राप्त भएको थियो भने ३७१ वटा यस भोट संगै डिस्ट्रिक गभर्नरमा चयन भएका छन ।त्यसै गरि लियो तर्फ भाइस प्रेसिडेन्टमा लियो विजय श्रेष्ठ चयन भएका छन भने लियो प्रेसिडेन्टमा लियो मुकेश पौडेल चयन भएका छन।

कार्यक्रममानवनिर्वाचित डिस्ट्रीक्ट गभर्नरलायन रेवत बहादुर कार्कीले क्याबिनेट सेक्रेटरीमा लायन धर्म शरण श्रेष्ठलाइ चयन गरेका छन भने क्याबिनेट ट्रेजररमा लायन कोमल शाक्यलाइ मनोनित गरेका छन।कार्यक्रममा आइ डि इन्डोर्सीमा डिष्ट्रिकको तर्फ बाट जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौलालाइ अत्याधिक मत प्रदान गरि छनौट गरिएको थियो।

(कपन अनलाइन)