आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर २ मा नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर गर्ने

गोकर्णेश्वर खबर१७ चैत्र २०७७, मंगलवार २१:५१ मा प्रकाशित (२ साल अघि) ३७७ पाठक संख्या

काठमाडौँ, चैत्र १७।  नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गर्ने भएको छ । नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं २ संगको सहकार्यमा कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर गर्ने भएको हो ।

आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा २०७७ साल चैत्र १८ गते बुधबार बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म चल्ने सो स्वास्थ्य शिबिरमा सहभागी भई स्वास्थ्य परिक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।