आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर ५ मा तराना महिला विकास समितिद्वारा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

गोकर्णेश्वर खबर१७ चैत्र २०७७, मंगलवार १९:५३ मा प्रकाशित (२ साल अघि) ५०० पाठक संख्या

चैत १७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित तराना महिला विकास समितिद्वारा सञ्चालित ७ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिका उपप्रमुख शान्ति नेपालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नेपालले महिलाहरुको अधिकारमाथी अझै हस्ताक्षेप भईरहेको भन्दै मौन बस्न नहुने बताईन् । महिलालाई संविधानले दिएको अधिकारमा समेत हस्ताक्षेप गर्ने पुरातन सोच अझै अन्त्य हुन बाँकी रहेको बताईन् । महिलाहरु घरबाहिर पनि आफ्नो निर्णयसहितको नेतृत्वको खोजि गर्न आग्रह गरिन् ।

तालिमबाट दबिएर रहेको आवाजलाई खुल्ला समाजमा ल्याउन सक्ने विश्वास व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई निर्धक्कासंग समाजका हरेक गतिविधिमा सहभागीता जनाउँदा नेतृत्व गर्न पछि नहट्न हौसाला प्रदान गरिन् ।  त्यस्तै गोकर्णेश्वर वडा ५ का सदस्यहरु दुर्गा फुयाल (तिम्सिना) लिलामणि खतिवडा, मुकुन्द फुयाँल लगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।

त्यस्तै गोकर्णेश्वर वडा ५ का सदस्यहरु दुर्गा फुयाल (तिम्सिना) लिलामणि खतिवडा, मुकुन्द फुयाँल लगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना तथा बधाई दिएका थिए । तराना महिला विकास समितिका अध्यक्ष बसन्ती लामाको अध्यक्षतामा सम्पन्न उक्त तालिम सम्पन्न भएको हो । ३० जना प्रशिक्षार्थीहरु सहभागी रहेको सो तालिममा प्रारम्भ खबरका प्रधान सम्पादक भिम लामाले प्रशिक्षण दिएका थिए । (