आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

यसै वर्ष आमा बन्दैछन् यि सेलिब्रेटीहरु

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार २२:५७ मा प्रकाशित (३ साल अघि) ४२१ पाठक संख्या

मुम्बई– सन् २०२१ का केही महिना बलिउडका लागि विशेष रह्यो । यही वर्ष अभिनेता सैफ अली खान र करीना कपूर खानदेखि क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आमाबाबु बन्दा केही सेलिब्रेटीहरु भने आमाबाबुको अनुभव संगाल्ने अन्तिम तयारीमा छन् ।

अभिनेत्री लिसा हेडेन यो वर्ष तेस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमार्फत यो कुराको जानकारी दिएकी छन् । उनले एक भिडियो पोस्ट गर्दै ‘कमिङ दिस जून’ लेखेकी छन् ।

भिडियो पोस्टमा लिसाका छोरा ज्याक पनि देखिएका छन् । उनले आफ्नो घरमा बहिनी आउन लागेको बताएका छन् ।

बलिउडकी गायिका श्रेया घोषाल पनि आमा बन्ने तयारीमा छिन् । श्रेयाले आफ्नो इन्स्टा एकाउण्टका माध्यमबाट फ्यानलाई आफू आमा बन्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

उनले एक तस्वीरमा आफ्नो बेबी बम्प देखाएकी छन् र त्यसमा ‘बेबी श्रेयादित्य आउन लागेको छ’ भनी लेखेकी छन् ।

श्रेयाले यो नाम आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बनाएकी हुन् ।

पाश्र्व गायिका तथा संगीतकार नीति मोहनले सामाजिक सञ्जालका माध्यमबाट आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । उनले आफ्नो पोस्टमा ‘१ं१.३’ लेखेकी छन् ।

नीति र निहार पण्डयाको यो पहिलो सन्तान हुनेछ ।

टेलिभिजन कलाकार तथा मोडल किश्वर मर्चेन्ट र सुयश पनि यसै वर्ष अभिभावक बन्दैछन् । किश्वरले सामाजिक सञ्जालको माध्यमबाट यो जानकारी दिएकी हुन् ।