आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

धनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन ओलीको निर्देशन

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार २२:४४ मा प्रकाशित (३ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् ।

७ चैतमा ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्रीय कमिटी बैठकले नेपाल, रावल, भूसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो भने १० गते महासचिव ईश्वर पोखरेलले तीन दिनको अवधि दिएर स्पष्टीकरण सोधिएको थियो ।

नेपाल र रावलले १२ चैतमा ओलीलाई नै प्रश्न गर्दै पत्र पठाएका थिए । उक्त पत्रपछि ओलीले पार्टीको साधरण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका छन् ।

तर, भूसाल र पाण्डेले कुनै जवाफ नदिएपछि अर्को पत्र पठाइएको छ । ‘२४ घण्टाभित्र स्पष्टीकरण दिनु भनिएको रहेछ’, भुसालले भने ।