FLASH NEWS
आज: ७ बैशाख २०७८, मंगलवार | Tue, 20, Apr, 2021

रेशम चौधरीको रिहाईको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार २२:१९ मा प्रकाशित (३ हफ्ता अघि) ७२ पाठक संख्या

काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली बनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

थारु कल्याणकारी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

चैत १२ गते गृहमन्त्री वादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।