आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

माधव नेपाल र भीम रावललाई पार्टी सदस्यबाटै निलम्वन गर्ने ओलीको निर्णय

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार २१:४८ मा प्रकाशित (३ साल अघि) ४६७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् ।

नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष ओलीले पठाएका हुन् । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।