आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

थप १४१ जना कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १,३४१ पुग्यो

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार १६:३१ मा प्रकाशित (३ साल अघि) ५९४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार १ सय २२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ४१ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ । यीमध्ये १ हजार ३ सय ४१ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ८२ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ६सय १२ जना पुगेको छ । निको हुने दर ९८।४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ ।