आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार १९:४१ मा प्रकाशित (३ साल अघि) ८१३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको बताएका थिए ।