आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना अपडेटः काठमाडौँ उपत्यकामा ७३ प्रतिशत संक्रमित

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार १९:२१ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन्

मन्त्रालयका अनुसार यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका तथ्यांकमा उल्लेख छ । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् ।

यस अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपालमा २ लाख ७६ हजार ८३९ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३०२७ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।