आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर नगरपालिकाको प्रवर्द्धनका लागि २ दिने साइकल यात्रा

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार ०९:१५ मा प्रकाशित (३ साल अघि) ६७३ पाठक संख्या

काठमाडौं, चैत्र १५ ।पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८को सहआयोजना २ दिने  साइकल यात्रा शनिबार बाट भएको छ ।सांस्कृतिक धरोहर सहितको समृद्द नगर धार्मिक, भौगोलिक र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने मुल नाराको  साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को कार्यालय देखि इन्द्रसरोवर गाउपलिका सम्म २ दिने साइकलयात्रामा सहभागीहरुलाई नगर प्रमुख सन्तोष चालिसे लगायतले  बिदाइ गरेका छन । साइकल यात्रामा करिब १८ जनाले सहभागिता जनाएका छन् ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई  चलायमान बनाउनुको साथै  धार्मिक तथा  पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण नगरपालिका भए पनि प्रचार प्रसारको अभावमा पछाडि परेको भन्दै पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले साइकल यात्रा गरिएको हो ।नगरपालिकाको प्रवर्द्धन गर्न साइकल यात्रा गरिएको मा खुसी ब्यक्त गर्दै नगरप्रमुख सन्तोष चालिसेले पर्यटकीय तथा धार्मिक दृष्टिकोणले महत्वपुर्ण नगरपालिकामा रहेको त्यस्ता स्थानको सम्बर्धन प्रवर्धन र विकास गर्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताएका थिए ।साइकल यात्रीहरुलाई नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिका अंकित टिशर्ट समेत सहभागीहरुलाई प्रदान गरेका थिए

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको सभापति र अतिथिहरुमा वडा ६ को अध्यक्ष रमेश अर्याल , वडा ९ का अध्यक्ष रजिब थापा, वडा ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ , डम्बर श्रेष्ठ र समाज सेवी भावना ठकुरी लगायतको उपस्थिति रहेकोे थियो । उक्त कार्यक्रम वडा सचीव सुदिप हमलाले संचालन गरेको थियो।