आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१४ चैत्र २०७७, शनिबार १८:४८ मा प्रकाशित (३ साल अघि) २६० पाठक संख्या

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ ।
सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।