आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनाको जोखिम बढेपनि तत्काल लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल

गोकर्णेश्वर खबर१२ चैत्र २०७७, बिहीबार २२:४६ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने उनको भनाइ छ ।

लकडाउनको चर्चा बजारमा चलिरहेको प्रसंगमा उनले अहिले त्यस्तो गतिविधि उपयुक्त नहुने बताए । सरकार बजेटको तयारीमा जुटेको जानकारी गराउँदै उनले आगामी बजेट कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने समेत बताए । कोरोना खोप खरीद गर्न रकमको अभाव नहुने उनको भनाइ छ ।