आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विराटनगरमा पुनः बढ्यो कोरोना सङ्क्रमण

गोकर्णेश्वर खबर११ चैत्र २०७७, बुधबार २१:४८ मा प्रकाशित (३ साल अघि) ४३० पाठक संख्या

मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ ।

विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।