आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

होली पर्व घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

गोकर्णेश्वर खबर११ चैत्र २०७७, बुधबार २०:५८ मा प्रकाशित (३ साल अघि) ७२७ पाठक संख्या

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।