आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एमालेको पार्टी कार्यालय थापाथलीमा सार्ने, ओलीले गरे निरीक्षण

गोकर्णेश्वर खबर११ चैत्र २०७७, बुधबार २०:४७ मा प्रकाशित (३ साल अघि) ४११ पाठक संख्या

काठमाडौं – नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेज नजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।

उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो । तर उक्त भवनमा डेढ वर्षको सम्झौता बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।