FLASH NEWS
आज: ७ बैशाख २०७८, मंगलवार | Tue, 20, Apr, 2021

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

गोकर्णेश्वर खबर१० चैत्र २०७७, मंगलवार २०:२३ मा प्रकाशित (४ हफ्ता अघि) ७० पाठक संख्या

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।