आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा एमाले हाम्रो हो,केपी ओली बि–माले हुन्,यो पार्टी छोडेर गए हुन्छ : नेता नेपाल

गोकर्णेश्वर खबर१० चैत्र २०७७, मंगलवार १९:५६ मा प्रकाशित (३ साल अघि) ३४३ पाठक संख्या

काठमाडौ – नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले,सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’