आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

चर्चामा शाकिराको गीत: एमाले भातमारा हो !!

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:४० मा प्रकाशित (३ साल अघि) ५५४ पाठक संख्या

काठमाण्डौं – कोलम्बियन पप गायिका शाकिरा र नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी एमालेबीच के साइनो छ ? तपाईं भन्नुहोला केही पनि छैन । त्यसो भए तपाईंले टिकटक हेर्ने गर्नुभएको छैन ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई ब्यूँताइदियो । त्यसलगत्तै नेपालमा टिकटक प्रयोगकर्ताहरुले शाकिराको आवाज भाइरल बनाइरहेका छन् । कारण रमाइलो छ । शाकिराको एउटा गीतका शब्दहरुलाई अन्धाधुन्ध नेपालीकरण गर्दै भाइरल बनाइएको हो ।

साकिराको सुपरहिट गीत ‘हिप्स डोन्ट लाइ‘’ को बम्बु भर्सनबाट शुरूआती कोरस आवाजलाई झिकिएको छ । यो भर्सन शाकिराले सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको उद्घाटन समारोहमा गाएकी थिइन् ।
नेपालका टिकटक प्रयोगकर्ताले शाकिराको आवाजलाई यसरी नेपालीकरण गरेका छन् ।

ओओओओ

एमाओवादी भालु हो

आलु लेलो आलु लेलो

एमाले भातमारा हो

यसको अन्तिम लाइन ‘एमाले भातमारा हो‘’ टिकटकमा अत्यधिक चर्चित बनेको छ । रमाइला–रमाइला प्रतिक्रियाहरू आएका छन् । कतिले कांग्रेसले शाकिरालाई घुस ख्वाएर एमालेविरुद्ध गीत गाउन लगाएको बताएका छन् त कतिले एमालेले साकिरालाई कारबाही गर्न सक्ने भन्दै मजाक गरेका छन् ।

हुन पनि झट्ट सुन्दा ‘एमाले भातमारा हो’ भने झैं सुनिन्छ ।

गीतको लिरिकल भिडियोमा भने यी शब्दहरुलाई अंग्रेजीमा यसरी प्रस्तुत गरिएको छः

BambooooOOOooo

Tembaleuoluwaaluweee

Anubaleee le balooo

Levanlevaaandaa laoooo