आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

एस्टनलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:१७ मा प्रकाशित (३ साल अघि) ४९१ पाठक संख्या

काठमाडौं – एस्टन भिल्लालाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।

लेस्टरका लागि जेम्स म्याडिसन र हार्भे बार्न्सले एक एक गोल गरे । एस्टन भिल्लाका लागि बर्ट्रान्ट ट्राओरले एक गोल गरे । खेलको १९औं मिनेटमा म्याडिसनले बार्न्सको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा बार्न्सले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।

ट्राओरले ४८औं मिनेटमा एस्टन भिल्लाका लागि एक गोल फर्काए ।
जितपछि २५ खेलबाट ४९ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको छ । २४ खेलबाट ५५ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ । सिटीले राति आर्सनलसँग खेल्दैछ ।

२४ खेलबाट ४६ अंक रहेको म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ । एस्टन भिल्ला २३ खेलबाट ३६ अंकसहित आठौं स्थानमा छ ।