आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आँचल भन्छिन्-‘ब्रेकअपको मुख्य कारण असमझदारी’

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:०१ मा प्रकाशित (३ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं – नायिका तथा मोडल आँचल शर्मा र कलाकार सागर लम्साल सरोज वलीको निर्देशनमा तयार भएको ‘ब्रेकअप गरौंला’ बोलको गीतको भिडियोमा एकसाथ देखिदैछन् । यो गीतको भिडियोमा यूवा र यूवतीले कुरा नमिल्दा ब्रेकअप गरेको प्रसंग उठाइएको छ ।

तर, प्रेममा ब्रेकअप किन हुन्छ ? नायिका आँचल शर्मा भन्छिन्–‘झगडा पर्ने भनेको नै आफूसँग नजिक भएको वा माया गर्ने मानिससँग नै हो । नचिनेको मानिससँग झगडा पर्दैन । जब, एक अर्काको बानी थाहा हुन्छ र त्यसलाई औल्याउन थालिन्छ यसपछि झगडा पर्छ । यस्तो अवस्थामा दुइजना झगडा गरेर बस्नु भन्दा पनि आ–आफ्नो बाटो लाग्दा राम्रो हुन्छ ।’

उनले, ब्रेकअपको मुख्यकारण नै एक अर्काविचको असमझदारी रहेको बताइन् । उनले भनिन्–‘हामीले पर्दामा देखेको मानिस वास्तविक जीवनमा पनि त्यस्तै हुन्छ भन्ने छैन । जब, नजिक भइन्छ अनी धेरै कुराहरु थाहा हुन्छ । यसपछि आउने असमझदारीले ब्रेकअप हुन्छ ।’

आँचलले पर्दामा देखेको मानिसलाई उसको हिरोइज्म हेरेर मन पराइएको छ भने वास्तविक जीवनमा त्यो नहुन पनि सक्ने बताइन् । आफूलाई ब्रेकअपछिको मनोदशाको बिषयमा अनुभव नभएको भन्दै आँचलले ब्रेकअपको मुख्यकारण एक अर्काको बानी धेरै थाहा हुनु र यसपछि उत्पन्न हुने असमझदारी भनेकी छिन् ।आँचल र सागरको साथमा पुष्प खड्का र वर्षा राउतले अभिनय गरेको यो गीत चैत्र १२ गते सार्वजनिक हुँदैछ ।