आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

प्रधानमन्त्री ओलीलाई विप्लवले भटेर सोधे- हाम्रा साथीहरु कहिले रिहा हुन्छन् ?

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २०:५७ मा प्रकाशित (३ साल अघि) ३९७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न विप्लव उनको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताए ।

विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएको नेता चलाउनेले जानकारी दिए