आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मनोहरा जेसिज वर्ष २०२१ द्वारा नेपाल जेसिजकी राष्ट्रिय उपाध्यक्ष जेसि रजनी थापालाइ सम्मान

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार १७:२१ मा प्रकाशित (३ साल अघि) १०८७ पाठक संख्या

काठमाडौं, चैत्र ९ ।मनोहरा जेसिज  वर्ष २०२१ द्वारा मनोहरा जेसिज को पुर्व अध्यक्ष एबम नेपाल जेसिजकि राष्ट्रिय उपाध्यक्ष जेसि रजनी थापालाइ  स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। मनोहरा जेसिज  वर्ष २०२१ अध्यक्ष सागर रोक्काको अध्यक्षतामा शुक्रबार  गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनगाभा ब्यन्केटमा एक कार्यक्रमका बीच  उनलाई स्वागत तथा सम्मान गरिएको हो । उनलाई कागेश्वरी  मनोहरा नगरपालिका  प्रमुख कृष्णहरि थापा , मनोहरा जेसिज वर्ष २१का अध्यक्ष जेसी सागर रोक्का र नेपाल तरुणदल काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले  दोसल्ला सहित सम्मान गरेका हुन् ।

नेपाल जेसीजको ४७ औ राष्ट्रिय महाधिवेशन बाट वर्ष २०२१ को लागि राष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी  भएकी मनोहरा जेसिजका पुर्ब अध्यक्ष,जेसी रजनी थापा लाइ  बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सम्मान गरिएको हो  उनले टोखामा जन्मिए पनि कागेश्वरी मनोहरा नगरपालिकालाइ मनोहरा जेसिजको नाम बाट राष्ट्रमा चिनाउन  उल्लेखनीय योगदान पुर्याए बापत सम्मान गरिएको जनाएको छ।
कार्यक्रममा  नेपाल तरुणदल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का, मनोहरा जेसिजका  पुर्व अध्यक्ष जेसी निशान्त गौतम लगायत मनोहरा जेसिजका सदस्यहरुको उपस्थिति रहेको थियो ।सम्मान पछि बोल्दै  नेपाल जिसिजकि राष्ट्रिय उपाध्यक्ष जेसि रजनी थापाले सम्मानको लागि धन्यबाद दिदै सो सम्मानले थप जिम्मेवारबोध गराएको बताएकी थिईन ।समाज रुपान्तरण र सम्वृद्ध समाज निर्माणमा जेसिजको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रजातान्त्रिक पद्धतिले समाजको विकास हुने धारणा  राखेकी थिइन् ।

 कार्यक्रमका प्रमुख अतिथि  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नेतृत्व र व्यक्तित्व विकास मूल मर्म रहेको  मनोहरा जेसिज विधानअनुरुप अघि बढेको भन्दै खुसी व्यक्त गरेका थिए  । जेसिजसँग सहकार्य गरी विविधकार्य गर्न नगरपालिका सदा सकारात्मक रहेको उनले बताए । व्यक्तित्व र नेतृत्व विकास मात्रै नभई समाज परिवर्तनशिलमा लाग्दै युवाहरुलाई अगाडि बढ्नको लागि अबसर शिर्जना गनुपर्ने उनको भनाई रहेको थियो ।अहिलेको समय परिवर्तन संगै आफुवाट हरेक कुराको परिवर्तन आफैवाट शुरुवात गर्न आवश्यक रहेको उनको धारणा रहेको थियो ।

 जेसिजमा लागी समाजसेवामा जोडिन युवावर्गलाई आह्वान गर्दै  कागेश्वरी मनोहरा नगरपालिकालाई चिनाउन मनोहरा जेसिजले गरेको कार्यको प्रशंशा गर्दै आगामी दिनमा जेसिज र नगरपालिकाको समन्वयमा   बिभिन्न कार्यक्रम गर्न सकिने बताएका  थिए । उनले सम्मानित जेसिजको राष्ट्रिय उपाध्यक्ष रजनी थापालाई बधाई दिदै कार्यकाल सफलताको कामना गरेका थिए।
कार्यक्रममा   नेपाल तरुणदल काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले आयोजकलाइ धन्यबाद दिदै नेपाल जेसिजको राष्ट्रिय खड्काले उपाध्यक्ष रजनी थापालाई  बधाई सहित सफा कार्यकालको कामना गरेका थिए  ।उनले कागेश्वरी मनोहरा नगरपालिकामा  नेतृत्व विकासको अवधारणामा लम्किने जेसिज सामाजिक कार्यमा पनि अघि सरिरहेको  बताए ।
-कपन अनलाइन