आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

४० वर्षपछि जेलमुक्त भएका दुर्गाले ८५ वर्षीया आमालाई खुवाए मिठाई

गोकर्णेश्वर खबर८ चैत्र २०७७, आईतवार २२:१६ मा प्रकाशित (३ साल अघि) ४११ पाठक संख्या

काठमाडौँ । चालिस वर्षपछि भारतीय जेलबाट मुक्त हुनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आमालाई भेटेका छन्। आइतवार दिउँसो घरमा पुगेपछि दुर्गाप्रसादले ८५ वर्षीया आमालाई भेटेर मिठाई खुवाए ।

छोरालाई भेटेपछि आमा धनमाया तिम्सिनाले छोरो आउँछ भनेर बाटो हेरिरहेको र अहिले छोरो घर आइपुग्दा खुसी लागेको बताईन ।

चालीस वर्ष भारतको कोलकातामा रहेको दमदम जेलमा विना सुनुवाइ बिताएका इलामको माई नगरपालिका १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना घर पुगेका हुन ।