आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कांग्रेस नेता जोशीको उपचारको लागी सरकारले दिने १० लाख नलिने परिवारको घोषणा

गोकर्णेश्वर खबर८ चैत्र २०७७, आईतवार २१:०८ मा प्रकाशित (३ साल अघि) ३६७ पाठक संख्या

काठमाडौं – काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।

नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताएको जानकारी दिए । उनले भने, ‘ उहाँको परिवारले सहयोग रकम नलिने घोषणा गर्नुभएको छ ।’

गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।