आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

जाङ्मुको प्रश्न-मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर जाँदा तपाईको टाउको दुखाई किन?

गोकर्णेश्वर खबर५ चैत्र २०७७, बिहीबार २३:२७ मा प्रकाशित (३ साल अघि) ११८३ पाठक संख्या

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले गलत प्रचार गरेको बताएकी छिन्। केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्ट सार्वजनिक भएपछि त्यसको विरोधमा विभिन्न प्रतिक्रिया जनाइएका थिए। केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप समेत लगाएका थिए। त्यसको जवाफमा बुधबार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्पष्टिकरण दिएकी हुन्।

‘यो त अति नै भो! झुटको खेतीमा रमाउने,सत्यको खोजी नगर्ने,अनि हावामा सबै दौडने! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो। मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन?’

जाङ्मुले धेरै झुटको खेती र धन्दा गर्ने ब्यापार किन गर्नु पर्‍यो भनि प्रश्न पनि उठाएकी छिन। उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानको कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नो व्यवस्थापनमा गएको र सँगै आफूहरुपनि गएको स्पष्टिकरण दिएकी छिन। केही समय अघिमात्रै मोडेल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम बिबाह भएको थियो।