आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नायिका केकीले किन गरिन् कपाल मुण्डन ?

गोकर्णेश्वर खबर३ चैत्र २०७७, मंगलवार २०:०१ मा प्रकाशित (३ साल अघि) ६८६ पाठक संख्या

काठमाडौं– नायिका केकी अधिकारीले एक फिल्मका लागि कपाल मुण्डन गरेकी छिन् ।

उनले एक महिनाअघि नै फिल्मको चरित्रमा फिट हुनका लागि कपाल मुण्डन गरे पनि आज मात्र आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् ।

वैशाखदेखि छायांकनमा जाने एक नारीप्रधान फिल्मका लागि केकी नयाँ अवतारमा देखा परेकी हुन् । यद्यपि कुन फिल्म हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन ।

केकीले नाटक ‘बोक्सीको घर’ मा आधारित सोही नामको फिल्म निर्माणको घोषणा गरिसकेकी छिन् । उक्त नाटक मण्डला थिएटरमा केही वर्ष पहिले नै मञ्चन भएको थियो ।

कतिपयले यही फिल्मका लागि कपाल मुण्डन गरेको हुनसक्ने आँकलन गरेका छन् । तर, यसको सत्यता भने केकीले खुलाउन चाहेकी छैनन् ।

केकीले दर्शकको प्रतिक्रिया बुझ्न सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लूक सार्वजनिक गरेकी हुन् । उनको लूकमा दर्शकले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।