आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

शीतल निवासमा सर्वदलीय बैठक सुरु,को–को भए उपस्थित ?

गोकर्णेश्वर खबर३ चैत्र २०७७, मंगलवार १९:३२ मा प्रकाशित (३ साल अघि) ४१९ पाठक संख्या

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।

तर, बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी भएका छैनन् । खनाल–नेपालले बुधबारका लागि तय भएको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताएका छन् भने भट्टराई चाहिँ पार्टीबाट अन्य नेतालाई पठाएर आफू नगएका हुन् ।

देशमा राजनीतिक जटिलता उत्पन्न भइरहेको बेला राष्ट्रपतिले दलहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।