आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर ८ डांडागाउँमा रहेका महांकाल भैरव महिला समूहद्वारा तन्नामा बुटटा भर्ने ( प्याच वर्क) तालिम संचालन

गोकर्णेश्वर खबर३ चैत्र २०७७, मंगलवार १४:१६ मा प्रकाशित (३ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं,चैत्र ३। गोकर्णेश्वर नगरपालिका वडा नं  ८ डांडागाउँमा रहेका महांकाल भैरव महिला समूहको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा  प्रथम तन्नामा बुटटा भर्ने ( प्याच वर्क) तालिम  संचालन कार्यक्रमको  गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन।

महांकाल भैरव महिला समूहकि अध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल, समाजसेवी भावना ठकुरी, समाजसेवी सरिता रिसाल, समाज सेवी  याङ्जी योन्जान लामा, विभिन्न  महिला समुहका पदाधिकारी सहित  प्रशिक्षक सुनिता कार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो  कार्यक्रम संचालन डांडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले गरेका थिए।

महांकाल भैरब सामुदायिक भवनमा आयोजना गरिएको सो कार्यक्रम  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै   नगरपालिका भित्र रहेका  ब्यक्तिहरुलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको बताएका थिए। उनले   महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेकाले महिलाहरुलाई स्वरोजगार बनाउन  बिभिन्न कार्यक्रम संचालन गरिदै आएको पनि जानकारी गराएका थिए ।  सीप सिकेपछि व्यवसाय संचालनका लागि  नगरपाकिाले पेरित गर्ने प्रत्यक्ष रूपमा आयआर्जन हुने व्यवसाय सञ्चालन गर्नु भन्दै त्यसमा अन्य महिलाहरूलाई रोजगारी उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल , कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा समाजसेवी भावना ठकुरी ,समाजसेवी सरिता रिसाल , समाज सेवी याङ्जी योन्जान लामा लगायतले शुभकामना मन्तव्य  राखेका थिए ।कुल २ लाख ५० हजार को लागतमा गर्न लागिएको सो  तालिम चैत्र २ गते बाट शुरु  भई चैत्र १७ गते सम्म   प्रत्येक दिन  बिहान ११ बजे देखि  १७ गते सम्म संचालन हुनेछ ।