आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सुन्दरीमाइ जेसीजको बृहत रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७७, शनिबार २१:२२ मा प्रकाशित (३ साल अघि) ९४१ पाठक संख्या

काठमाडौं फागुन २९। सुन्दरीमाइ जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो’ रक्तदान –जीवन दान भन्ने मूल नाराको  साथमा कान्तिपुर होस्पिटलको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं ५ , महिला सञ्जाल र  उद्यमशील महिला समूह संगको समन्वयमा सम्पन्न  उक्त रक्तदान कार्यक्रममा ३०  जनाले रक्तदान गरेको सुन्दरीमाइ जेसिजका भाइस प्रेसिडेन्ट जेसी प्रमिला शेर्पाले जानकारी गराइन  ।

उनले   अस्पतालमा रक्त अभावका कारण समस्यामा परेका बिरामीहरुको लागि सेवा पुर्‍याउने उदेश्य सहित आयोजना गरेको कार्यक्रमलाइ प्राबिधिक तथा व्यवस्थापकीय रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी छिन ।

रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ती नेपाल सुन्दरीमाई जेसीज २०२१ का अध्यक्ष जानुका दाहाल भी पी  जेसीअभिषेक नेपाल   सहित सुन्दरीमाइ जेसिजका अन्य  पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरुलाई नगर प्रमुख र उपप्रमुखको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।