आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मिस तामाङ २०२१ बनिन् सफलता थिङ

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७७, शनिबार ११:४० मा प्रकाशित (३ साल अघि) १०१३ पाठक संख्या

सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को बिजेता काभ्रेकी सफलता थिङ तामाङ भएकी छन् । २४ प्रतियोगीमध्येबाट उनी विजेता बन्न सफल भएकी हुन् ।

 

विजेताले एक लाख रुपैयाँ, २० हजार गिफ्ट ह्याम्पर, क्राउन प्राप्त गरेकी छन् । उपाधि विजेता थिङलाई अघिल्लो बर्षकी मिस तामाङले ताज पहिरिदिएकी छन् ।

त्यसैगरी फस्ट रनर अप पेमा पाख्रिन र सेकेन्ड रनरअप सोनिया वाइवा भएका छन् । उनीहरूले क्रमशः नगद २० हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । एम डी ग्रुपको प्रस्तुतिमा भएको १३ औँ संस्करणको प्रतियोगिता मम्स इन्टरनेसनल नेपालको आयोजनामा भएको थियो ।

यसैगरी मिस पर्सनालिटीमा सिसन दोङ लामा, फोटोजेनिकमा सुनिता तितुङ तामाङ, भ्युअर्स च्वाइसमा पेमा पाख्रिन तामाङ, मिस फ्रेण्डली जित्न सफल सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्समा सुजाता तितुङ तामाङ भएका छन् । यसैगरी प्रतियोगिताको ग्लोबल अनलाइन पे टाइटल निशा घिसिङ तामाङ, पेमा पाख्रिन तामाङ, रिमा तामाङ, सफलता थिङ तामाङ र सोनिया वाइवा तामाङले जितेका छन् ।

 

निर्णायक मण्डलले टप ५ मा सफलता थिङ, पेमा पाख्रिन, रोशनी रुम्बा तामाङ, सिसम दोङ लामा, सोनिया वाइबा छानिएको थियो ।