आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेपाल मेडिकल कलेज ट्रेड युनियन र लायन्स क्लब अफ काठमाडौं जर्नीले चैत्र १ गते बृहत रक्तदान गर्ने

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७७, शुक्रबार १३:५५ मा प्रकाशित (३ साल अघि) ४४७ पाठक संख्या

काठमाडौं। नेपाल मेडिकल कलेज ट्रेड युनियन र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीको संयुक्त आयोजनामा चैत्र १ गते आइतबार  बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

आइतबार नेपाल मेडिकल कलेज अत्तरखेलको प्राङ्गणमा बिहान १० बजे  देखि अपरान्ह २ बजे सम्म  रक्तदान कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।