आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

रणवीर र संजयलाई देखियो कोरोना,आलिया बसिन् होम क्वारेन्टाइन

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७७, बिहीबार २३:०७ मा प्रकाशित (३ साल अघि) २६३ पाठक संख्या

मुम्बई – बलिउड अभिनेता रणवीर कपुर र निर्देशक संजय लीला भंसालीलाई कोरोना संक्रमण भएपछि गंगुबाई काठियावाडीको छायांकन हाल रोकिएको छ।

निर्देशक भंसालीले निर्देशन गरेको गंगुबाई काठियावाडी मा रणवीर मुख्य भूमिकामा छन्। निर्देशक र अभिनेता दुबै यतिबेला सेल्फ आइसोलेसनमा छन्।

बलिउड हंगामाका अनुसार संजय र रणवीरसँगै फिल्मकी अभिनेत्री आलिया भट्ट पनि सतर्कताका लागि घरमै क्वारेन्टाइन बसेकी छन्। उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ।

आलियाले फिल्म ब्रह्मास्त्र र गंगुबाई काठियावाडीमा रणवीर र संजयसँग काम गरिरहेकी छन्।