आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

सुन्दरीमाई जेसीज द्वारा फागुन २८ गते बृहत रक्तदान गर्दै

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७७, मंगलवार १८:५१ मा प्रकाशित (४ साल अघि) ६६३ पाठक संख्या

काठमाडौं / “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो । रक्तदान-जीवनदान ”  नाराका साथ सुन्दरीमाई जेसीज द्वाराले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको भाइसप्रेसिडेन्ट जेसीज प्रमिला शेर्पाले जानकारी दिएकी हुन।

रक्त संचार केन्द्रको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं , महिला सञ्जाल, उद्यमशील महिला समूहसंगको समन्वयमा

फागुन २८ गते शुक्रबार जोरपाटी चोक, पिपलबोटमा बिहान १० बजे देखि शुरु भई अपरान्ह २ बजे सम्म चल्ने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन समेत आयोजकले अनुरोध गरेका छ।