आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

परिवर्तनशील महिला समाज गोकर्णेश्वर ८ द्वारा प्रथम नगर स्तरीय महिला म्याराथन सम्पन्न

गोकर्णेश्वर खबर२५ फाल्गुन २०७७, मंगलवार १६:३५ मा प्रकाशित (३ साल अघि) ५९८ पाठक संख्या

काठमाडौं, फागुन २५ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परिवर्तनशील महिला समाज गोकर्णेश्वर ८ द्वारा आयोजित  महिला म्याराथन सम्पन्न भएको छ । “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ  आयोजना गरिएको उक्त म्याराथनमा गोकर्णेश्वरका ३० वर्ष माथिका करिब १ सय ३० जना महिलाहरुले सहभागिता जनाएका थिए ।

फागुन २४ गते बिहान जोरपाटी चोक बाट शुरु भएको सो म्याराथनको नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपालले संयुक्त रुपमा रिबन काटी म्याराथनको शुभारम्भ गरेका थिए । जोरपाटीदेखि गोकर्णेश्वर महादेव मन्दिरसम्म भएको  सो प्रतियोगिताको उपाधि बालकुमारी घिमिरे (अनु)ले हात पारेकी छिन त्यस्तै गरि प्रतियोगितामा धनु वाइवा दितीय भइन भने सिता वाइवा तृतीय, मैया नायाजु चौथो  फुलमाया घिसिंग पाँचौ, शारदा लामा छैठो,देविका खड्का सातौ ,रन्जना सापकोटा आठौ . देबिसरा बिश्वकर्मा  नवौ र अमृता केसी (रोनी)ले दशौ स्थान हासिल गरेकी छिन ।

प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने चौथो स्थान हासिल गर्ने मैयाँ नायजुले नगद १हजार रुपैयाँसहित प्रमाणपत्र हात पारिन्।

बिजेता र सहभागीहरूलाई कार्यक्रमकि प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष   मनोज ढुंगाना  परिवर्तनशिल महिला  समाजकी अध्यक्ष लक्ष्मी पुडासैनी लगायतले  पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,  जिल्ला समन्वय समिती काठमाडौँकि सदस्य सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, समाजसेवी भावना ठकुरी, समाजसेवी याङजी  योञ्जान लामा ,अत्तरखेल युवा समाजका सचिव दिनेश राई , बेशी गाउ युवा क्लवका अध्यक्ष कुमार श्रेष्ठ लगयात  बिभिन्न महिला समुहका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।

उक्ता कार्यक्रममा जुसको सहयोग समाजसेवी याङजी  योञ्जान लामाले गर्नु भएको थियो।  योञ्जानले  विगत समय देखी रक्तदान कार्यक्रम , अफ्ट्यारोमा परेका पिडित , बिरामीहरुलाई सहयोग गर्दै औ आउनु भएको छ।

 

कार्यक्रमको अध्यक्षता   परिवर्तनशिल महिला  समाजकी अध्यक्ष लक्ष्मी पुडासैनीले गरेकी  थिइन् । कार्यक्रममा गोकर्णेश्वर ८ निवासी ७८ बर्षीय ज्येष्ठ नागरिक  माया देबी रिजाललाइ सम्मान गरिएको थियो  ।

 

कार्यक्रममा बोल्ने बक्ताहरुले नारी दिवसको शुभकामना दिदै अहिलेका नारीहरु चुलो चौकोमा मात्र सिमित नरहेको बतएका थिए।  उनीहरुले  शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा पहुँच बढेकाले  हिजो भन्दा आज महिलाको अवस्थामा  सुधार भएको बताएका थिए।

विगतमा महिला सशक्तिकरणका लागि भएका प्रयासले महिलाहरूको शिक्षा, रोजगार, उद्यममा पहुँच बढेको बताएका थिए । समाज रुपान्तरण र विकासमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने  बताएका थिए।