आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सोनालसँग किन रिसाइन मलिका ?

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २०:५१ मा प्रकाशित (३ साल अघि) ५५१ पाठक संख्या

काठमाडौं– अभिनेत्री तथा मोडल मलिका महत र सोनाल तामाङ फिचर्ड म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ ।

रिसाएकी प्रेमिका फकाउन लागि पर्ने प्रेमीको कथा जोडिएको गीतको भिडियोमा सोनाल र मलिकाको क्यामेष्ट्री मिलेको देखिन्छ ।

गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर, किरण माइकल र सुदीप आत्रेयको शब्द तथा संगीत किरणकै छ । गीतमा शैलेन्द्र डी प्रधानको एरेन्ज छ ।

गोदावरी आसपास छायांकन गरिएको भिडियोमा लक्ष्मण सुनारको निर्देशन, तुलसा पहाडीको कोरियोग्राफी छ ।

अरोन अशोककुमार सिकाको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, निशुम सुब्बा र उनको टिमको श्रृंगार छ । भिडियोका निर्माता रिता लामा हुन् ।