आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मङ्गल ग्रहमा गुड्न थाल्यो रोबोट

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार १६:३५ मा प्रकाशित (३ साल अघि) ३९२ पाठक संख्या

अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा पठाएको रोबोट गुड्न थालेको छ । पर्सिभिअरन्स नामक उक्त रोबोटले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ । उक्त रोबोटले पठाएको तस्बिरले यात्रा गरेको संकेत दिएको छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई हप्ता पूरा भइसकेको छ ।
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको झण्डै सात महिनापछि गएको फागुन ७ गते मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो । दुई हप्तामा वैज्ञानिकले यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ ।