आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

काँग्रेस नेता जोशीको स्वास्थमा सुधार हुँदै, भेन्टिलेटरबाट निकालियो

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २२:४६ मा प्रकाशित (४ साल अघि) ३४४ पाठक संख्या

काठमाडौँ– मष्तिष्कघात भई गत शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यअवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् ।
नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका हुन् ।
उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन्। ‘यो भनेको अनपेक्षित सुधार हो ।’
सोमबार बिहानदेखि उनलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो ।
सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् ।