आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २२:२४ मा प्रकाशित (३ साल अघि) ७६४ पाठक संख्या

काठमाडौं ,फागुन २१।
शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंह पौवामा रहेको सामुदायिक हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले सम्पन्न गरेका कामहरुका वारेमा जानकारी प्रदान गर्नुका साथै स्थानीयहरु बाट सुझाव पनि संकलन गरिएको थियो।
शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु ,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य ,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले नगरपालिकाले सम्पन्न गरेका कामहरुका वारेमा गरेको प्रस्तुतीकरण पश्चात मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा नगरवासीहरुले जिज्ञाशा राखेका थिए।
साथै उक्त सार्वजनिक सुनुवाईमा मणिचुड मिडियाले नगरपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुस्टी,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठेका प्रश्नहरुको जवाफ नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले दिएका थिए।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा शांखु सम्पदा बस्ति निर्माण ,सडक र धुलोको समस्या समाधान ,भूकम्प पिडितहरुको समस्या समाधान ,नक्शा पास र निर्माण सम्पन्न गर्दा देखिएका समस्या ,काममा हुने ढिलासुस्ती आदिका वारेमा प्रश्नहरु उठान गरिएको थियो ।