आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ईष्ट पोल मा.बी तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

गोकर्णेश्वर खबर२० फाल्गुन २०७७, बिहीबार १९:२२ मा प्रकाशित (३ साल अघि) ४९० पाठक संख्या

काठमाडौँ, फागुन २०। गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना  गरिएको तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको बिहिबार प्रि क्वाटरफाइनलका खेलहरु समपन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुल को खेल मैदानमा  संचालन  भएको सो प्रतियोगीतामा  गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेका कुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको टिमले  सहभागीता  जनाएका छन ।

स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको स्मरण गर्दै शैक्षिक ज्ञान र शीप विकास र कौशलको माध्यमबाट आचरण सुधार गर्दै  आपसी भाइचारा र  शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ   बिद्यालय तह देखि नै प्रतिभावान खेलाडी उत्पदान गर्न सहयोग पुगोस भन्ने  हेतुले आयोजना गरिएको सो प्रतियोगिताका संयोजक संगम थापा श्रेष्ठले जानकारी गराएका छन ।

 

फागुन १५ गते द देखि शुरु भएको  सो  प्रतियोगीताको  आज भएको दोस्रो  प्रि क्वाटरफाइनल खेल   कान्ति भैरब गुरुकुल स्कुल र ईष्ट पोल माबी  बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा  इष्ट पोल माविले  कान्ति भैरब गुरुकुललाइ पेनाल्टी शुट आउटमा  ३-२  गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

निकै नै प्रतिस्पर्धात्मक  बनेको सो खेलको ३ मिनेटमा नै  कान्ति भैरब गुरुकुलका जर्सी नं  ९ का खेलाडी शिवराम आचार्यले गोल गर्दै आग्रता दिलाए पनि  त्यो अग्रता धेरै बेर टिक्न सकेन।

खेलको १० मिनेटमा नै ईष्ट पोल माविका जर्सी नं १९ का खेलाडी आर्जन खड्काले आकर्षक गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए । निर्धारित समय सम्म पनि दुवै टिम बाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिए पछि रेफ्रीले पेनाल्टी शुटआउट बाट निर्णय लिएका थिए। पेनाल्टी शुट आउटमा कान्ति भैरब  गुरुकुललाई ईष्टष्ट पोल माविले ३-२ गोल अन्तरले पराजित गर्दै  क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सो खेलमा ईष्ट पोल माविका जर्सी नं १९ का खेलाडी आर्जन खड्का    म्यान अफ द म्याच घोसित भए ।उनलाई   कान्ति भैरब गुरुकुलकि शिक्षिका  पुष्पा पोखरेलले अफ द म्याचको  टि सर्ट प्रदान गरेकी थिइन् ।   विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन  गरिदै आएको सो प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।