आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे सवार गाडी ताप्लेजुङमा दुर्घटना

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार १२:०८ मा प्रकाशित (३ साल अघि) ४८५१ पाठक संख्या

ताप्लेजुङ – काठमाडौं गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे सवार गाडी ताप्लेजुङको सुकेटार विमानस्थल नजिकै दुर्घटनामा परेको छ ।

आइतवार साँझ पाथिभरा मन्दिर दर्शन गर्न जाने क्रममा जीप दुर्घटनामा परेको हो । दुर्घटना सामान्य रहेको र सबै जना सकुशल रहेको स्वय दुर्घटनामा परेका गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसालले जानकारी दिए । उनले भने ‘मेयर सापसहित हामी १० जना विभिन्न प्रयोजनको लागी ताप्लेजुङ आएका थियौं । सोही सिलसिलामा पार्थीभरा मन्दीरको दर्शन गर्न जाने क्रममा जीप दुर्घटनामा पर्यो ।दुर्घटनामा सबै सकशुल छौं । बाक्लो हुस्सुका कारण जीप अनियन्त्रीत हुँदा सडकमै पल्टियो ।’

मेयर चालिसेसहित नगरपालिका र वडाका केही प्रतिनिधीहरु ताप्लेजुङ भ्रमणमा गएका थिए । सल्लाहकार रिसालका अनुसार बालुवा गाँउ कांग्रेस एकाई सभापति किरण विष्ट सामान्य घाइते भएका छन्। सभापति विष्टको करङमा हल्का चोट लागेको छ। घाईते विष्ट र गोनपा १ वडाध्यक्ष राम मानन्धरलाई हिजो नै विराटनगर विमानस्थलबाट काठमाडौँ पठाईसकिएको छ ।

मे १ ज २६३७ नम्बर को उक्त जीपमा मेयर चालिसे,नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, सभापति किरण विष्ट सहित १० जना सवार थिए। बाक्लो हुस्सुको कारण गाडी दुर्घटनामा परेको बताइएको छ । गाडी सडक मै पल्टीएको छ । दुर्घटना पश्चात पनि मेयर सन्तोष चालिसे सहितको समूह मन्दिर दर्शन गरेर आज काठमाडौं फर्कदै छ ।
( तस्वीर /हाम्रो दृष्टि)