आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

महिनावारीमा यी काम गर्न नभूल्नुस्

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार ०९:०५ मा प्रकाशित (३ साल अघि) ३०४ पाठक संख्या
एजेन्सी-

किशोरास्था पार गरेसँगै महिलामा महिनावारी सुरु हुन्छ। २८ दिनको अवधिमा हुने महिनावारीका बेला रगत बग्ने भएकाले थकान महसुस हुन्छ, साथै स्वास्थ्यमा पनि शिथिलता आउन सक्छ । तर, महिनावारी भएका बेला कतिपय कुरा अन्जानवश गरिन्छ। के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने बारे थाहा नहुँदा कतिपय गर्न नहुने कुरा पनि गरिरहेका हुन्छौं ।
तसर्थ महिनावारी भएको समय निम्न कामहरु भुलेर पनि गर्नुहुँदैन।
–  महिनावारीका बेला सरसफाइमा ध्यान दिन जरुरी हुन्छ।  जथाभावी कपडाको प्रयोग गर्नुहुँदैन । महिनावारीका बेला स्यानिटरी प्याड वा नरम कपडा मात्र प्रयोग उत्तम मानिन्छ।
– स्यानिटरी प्याड वा नरम कपडा फेरि रहनुपर्छ। एउटा स्यानिटरी प्याड राखेको ६ घण्टा भएपछि अर्को स्यानिटरी प्याड फेर्नुपर्छ ।
– महिनावारी भएको बेला सकेसम्म दिनहुँ नुहाउनु पर्छ। र, गोप्य अंग राम्ररी सफा पानीले पखाल्नुपर्छ ।
– महिनावारीको बेला प्रयोग भएका कपडा साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।
– स्यानिटरी प्याड प्रयोग गरिसकेपछि भने नबिर्सीकन साबुन पानीले हात धुनुपर्छ ।
– महिनावारी भएका बेला पौष्टिक तथा झोलिलो खानेकुरा बढी खानुपर्दछ ।