आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बुढानीलकण्ठ नगरपालिका युवाहरुलाई निः शुल्क ग्राफिक डिजाईनिङ तालिम

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार ०७:४६ मा प्रकाशित (३ साल अघि) ५२४ पाठक संख्या

काठमाडौं ,फागुन १८।

बुढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिएको हो।

तालिम नगरपालिका वडा नं  ३ मा रहेको बुढानीलकण्ठ माध्यमिक विद्यालय र वडा नं १३ मा रहेको जनउद्दार माध्यमिक विद्यालयमा बेलुका ३ बजे देखि ५ बजे सम्म सञ्चालन भइरहेकाे छ ।

फागुन १४ गते नगरप्रमुखकाे अध्यक्षतामा संचालित ग्राफिक डिजाईनिङ तालिमकाे अभिमुखिकरण कार्यक्रममा उपप्रमुख रमा देवी राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, विषयगत शाखाका प्रतिनिधिहरू र छनाैट भएका सहभागीहरूकाे उपस्थिति रहेकाे थियाे ।

तालिमको शुभारम्भमा  नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले अभिमुखिकरणकाे क्रममा चयन भएका सहभागीहरूलाई शुभकामना दिदै  अधिकतम लाभ लिनुहुन आग्रह गरेका थिए  ।