आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरमा नगरस्तरीय महिला म्याराथन हुने

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार २१:३७ मा प्रकाशित (३ साल अघि) ७४६ पाठक संख्या
१७ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय महिला म्याराथन हुने भएको छ । परिवर्तनशील महिला समाजले आज गोकर्णेश्वर नगरपालिका वडा ८ स्थित बेशीगाउँमा रहेका भनेस नेशनल कलेजको सभा हलमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जोरपाटि चोक देखि गोकर्ण मन्दिरसम्म महिला म्याराथन दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३० वर्ष भन्दा माथिका शारीरिक र मानसिक रुपमा स्वस्थ महिलाहरुले निःशुल्क रुपमा भाग लिन पाउने संस्थाका अध्यक्ष लक्ष्मी पुडासैनीले बताउनु भयो । प्रतियोगितामा भाग लिन चाहने महिलाले फागुन २० गतेसम्म नाम दर्ता गर्नु पर्नेछ । नाम दर्ताका लागि आयोजक संस्था परिवर्तनशील महिला समाज, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा कार्यालय तथा उपमेयर शान्ति नेपालसँग समेत सम्पर्क गर्न सकिने अध्यक्ष पुडासैनीले बताउनु भयो । अध्यक्ष पुडासैनीका अनुसार महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सबै महिलाले समावेशी रुपमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । उहाँले भन्नु भयो महिला म्याराथन कार्यक्रमबाट महिला सशक्तिकरणमा टेवा पुग्नुका साथै कोरोना प्रका्प पछिको मानसिक त्रास हटाई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नु भयो ।
गोकर्णेश्वर नगरपालिकाको सहयोग परिवर्तनशिल महिला समाजको आयोजनामा गरिने म्याराथन दौड फागुन २४ गते बिहान साढे सात बजे जोरपाटि चोकबाट शुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ५ हजार, दोश्रो हुनेलाई रु ३ हजार, तेश्रो हुनेलाई रु २ हजार र सान्त्वना पुरस्कार रु १ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम हुनेलाई नगद सहित कप, मेडल र सर्टिफिकेट समेत प्रदान गरिनेछ । सहभागिहरुलाई टि सर्ट दिइने आयोजकले बताएका छन् ।
– (रविराज रिमाल)